क्यानडाका सामानमाथि सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी


बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाका सामानमाथि १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।

‘यदि क्यानडाले चीनसँग सम्झौता गर्यो भने, क्यानडाबाट आउने सबै सामग्रीमा अमेरिकाले १०० प्रतिशत कर वृद्धि गर्नेछ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा भनेको सम्झौता कुन हो भनेर स्पष्ट छैन। गत साता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग ‘रणनीतिक साझेदारी’ को घोषणा गरे र कर वृद्धि घटाउन सहमति जनाए ।

ट्रम्पले त्यति बेला उक्त कदमलाई ‘राम्रो कुरा’ भनेका थिए। तर हालैका दिनहरूमा अमेरिका र क्यानडाबीचको तनाव बढेको छ जब कार्नीले डाभोसमा एउटा भाषणमा अमेरिकी नेतृत्वको विश्व व्यवस्था भत्किएको बताएका थिए ।

कार्नीले ट्रम्पको नाम त उल्लेख गरेनन् तर अन्य ‘मध्यम शक्तिहरू’ लाई ‘ठूला शक्तिहरू’ द्वारा आर्थिक जबरजस्ती सामना गर्न आग्रह गरे । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडालाई आफ्नो नयाँ ’पीस अफ बोर्ड’मा सामेल हुन दिएको निमन्त्रणालाई फिर्ता गरेका छन् ।

शनिवार सामाजिक सञ्जालमा ट्रम्पले एउटा पोस्ट गर्दै कार्नीलाई “यदि उनी चीनका लागि सामान र उत्पादन अमेरिका पठाउन क्यानडालाई ‘ड्रप अफ पोर्ट’ बनाउँछन् भने उनी सरासर गलत छन्’ भनेका छन्।