गायक राजेशपायल राई पक्राउ


काठमाडौं । गायक राजेशपायल राई पक्राउ परेका छन् । गएराति मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा राईसहित तीन जनालाई प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।