‘मैले सबै कुरा छोडें, अब नयाँ जीवन शुरू गर्छु’


नागोर्नो–काराबाख पेन्सनर स्वेतलाना इसाखान्यान हरियो चप्पल लगाएर र पासपोर्टसहितको एउटा सानो झोला मात्र हातमा बोकेर शरणार्थीका रूपमा आर्मेनियामा प्रवेश गरेकी छन् ।

अजरबैजानले यसै हप्ता पृथकतावादी क्षेत्रविरुद्ध बेजोड र निर्णायक आक्रमण गर्नु अघिसम्म ७८ वर्षीय उनी जातीय रूपमा आर्मेनियाली क्षेत्रमा बस्दै आएकी थिइन् ।

सन् १९९० को दशकमा आर्मेनियाली सेना र अजरबैजानले पहिलो र सबैभन्दा क्रूर काराबाख युद्ध लडेका बेला मारिएका आफ्ना छोराको चिहान हेर्न गएका बेला आफ्नो गृहनगर स्टेपानेकार्टमा गोलाबारी भएको उनले बताइन् । त्यतिबेला हजारौंले ज्यान गुमाएका थिए । तीन वर्षअघि दुई पक्षबीच छ हप्तासम्म फेरि लडाइँ हुँदा हजारौंको मृत्यु भएको थियो ।

अजरबैजानको पछिल्लो आक्रमण एक दिन मात्र चलेको थियो र यसले विद्रोहीहरूको अब लड्ने इच्छालाई तोडेको देखिन्छ ।  उनीहरू निःशस्त्रीकरण गर्न र ‘पुनः एकीकरण’ वार्तामा प्रवेश गर्न सहमत भएका छन् जसले अन्ततः अस्थिर क्षेत्रको सबैभन्दा लामो समयसम्म चलेको द्वन्द्वलाई समाधान गर्न सक्छ ।

तर यसको अर्थ यो पनि थियो कि इसाखान्यान र केही दर्जन अन्य, जो गत वर्षदेखि आर्मेनिया प्रवेश गर्ने पहिलो नागोर्नो–काराबाख शरणार्थी बनेका थिए, उनीहरूले आफ्नो पूरानो जीवनलाई बिर्सनु आवश्यक भएको छ । उनीहको नयाँ जीवन सुरु भएको छ । कामको खोजी, भाषाको ज्ञान र सम्पत्ति आर्जन गर्नु उनीहरू जिउनका लागि अनिवार्य तर जटिल शर्त बनेका छन् ।

“तुर्कहरूसँग काराबाखमा बस्न असम्भव हुनेछ,” उनले अजरबैजान नफर्किने बताइन् ।