काठमाडौँ । सरकारले अध्ययनका लागि इजरायलमा गएका बेला ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
वैशाख २ मा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ । वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया