सेनापतिबारे तथ्यहीन अभिव्यक्ति नदिन सेनाको चेतावनी


काठमाडौं । नेपाली सेनाले सेना र सेनापतिबारे तथ्यहीन अभिव्यक्ति नदिन चेतावनी दिएको छ। जंगी अड्डाले शुक्रबार विज्ञप्ति जारी गरी अराजक गतिविधिको निगरानी भइरहेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रसार भएका तथ्यहिन सूचना एवं अभिव्यक्ति सेनाको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता कपोकल्पित समाचारहरूले आम नागरिकमा भय उत्पन्न गर्ने हुँदा त्यस्ता भ्रामक समाचार प्रसार नगर्न/नगराउनु हुन अनुरोध गरिन्छ।’

सेनाले नेपाली सेना र सम्बन्धित निकायहरूले उच्छृङ्खल तथा अवैध गतिविधिहरूको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्तिलाई प्रचलित कानुनको दायरामा ल्याउने समेत जनाएको छ।