राजकुमारी मेगनले पठाएको निजी पत्र प्रकाशन गरेपछि ब्रिटिश पत्रिकाविरुद्ध मुद्दा



ब्रिटेनका राजकुमार ह्यारीकी पत्नी डचिस अफ ससिक्सले एक पत्रिकाले कानुनविपरीत आफ्नो निजी पत्र प्रकाशन गरेको भन्दै उसविरुद्ध कानुनी प्रक्रिया थालेकी छन् ।

राजकुमार ह्यारीले मेगनविरुद्धको प्रचारबाजीका कारण आफूहरू कानुनी उपचार खोज्न बाध्य भएको बताएका छन् । उनले मेगनले आफ्ना पितालाई लेखेको पत्रको अंश मेल अन सन्डेले अवैध रूपमा प्रकाशन गरेको बताए ।

राजकुमार ह्यारी प्रिन्सेस अफ वेल्स डायनाका कान्छा छोरा हुन् । सन् १९९७ मा उनको फोटो खिच्न फोटोग्राफरहरूले पछ्याउँदा राजकुमारी डायनाको फ्रान्सको राजधानी प्यारिसमा दुर्घटनामा परी मृत्यु भएको थियो ।

आफ्नी आमासँग भएका घटनालाई सङ्केत गर्दै ह्यारीले इतिहास फेरि दोहोरिन्छ कि भनेर आफूलाई ठूलो डर लागेको बताए । मेल अन सन्डे पत्रिकाले भने आफूले प्रकाशित गरेको समाचारको प्रतिरक्षा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी

करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय

काजाकिस्तानले तेल अविवमा धार्मिक सम्मेलन आयोजना गर्ने

काजाकिस्तानले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ