इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’


पेरिस । तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट आयात हुने ढुवानीमा कमी आएको र मार्चमा ‘स्ट्रेट अफ हर्मुज’ भएर अन्य मुलुकमा हुनेसामानको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको बजार विश्लेषण गर्ने फर्म केप्लरको तथ्याङ्कले देखाएको छ। हर्मुज भएर हसने वस्तुहरूको शीर्ष निर्यातकर्ता इरान बनेको छ ।

इरान सामान्यतया कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ, तरल प्राकृतिक ग्याँस (एलएनजी) र मलसहित सुख्खा थोकजस्ता वस्तुहरूको पाँचौं ठूलो निर्यातकर्ता हो।

हर्मुज भएर हुने साउदी अरब, संयुक्त अरब इमिरेट्स, इराक र कतारको निर्यात अघिल्लो १२ महिनाको औसतको तुलनामा मार्चमा कम्तिमा ९६ प्रतिशतले घटेको छ। इरानको ढुवानीमा पनि २६ प्रतिशतले गिरावट आएको तथ्याङ्कले देखाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि तेहरानको सेनाले हर्मुज घाँटीलाई अवरुद्ध गरेको थियो। त्यसबेलादेखि इरानले अन्य मुलुक सम्वद्ध अत्यधिक न्यून जहाजहरूलाई मात्र पार गर्न अनुमति दिएको छ।

विश्वको कच्चा तेल र एलएनजीको लगभग २० प्रतिशत हिस्सा सामान्यतया हर्मुज घाँटी हुँदै जान्छ तर युद्धपछि तेहरानले यसलाई अस्तव्यस्त बनाउँदा विश्वव्यापी ऊर्जा सङ्कटको चिन्ता बढाएको छ । विशेष गरी एसियाली देशहरू हालैका हप्ताहरूमा प्रभावित भएका छन्।

अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दीले पछिल्ला दिनहरूमा इरानी सेनाले ठप्प पारेको व्यापार मार्गको आवागमनमा थप प्रभाव पारेको देखिन्छ। बहराइन र कुवेतले मार्चमा हर्मुज घाँटी भएर कुनै पनि सामान पठाएनन्।

सामान्यतया एक प्रमुख एलएनजी आपूर्तिकर्ता कतारले मार्चमा हर्मुजमार्फत केवल ४५ हजार टन ‘ब्यूटेन’ र ‘प्रोपेन’ निर्यात गर्यो तर यो कुनै एलएनजी थिएन।

गत महिना ‘स्ट्रेट अफ हर्मुज’ मार्फत पार भएको कच्चा तेलमा इरानको निर्यातको ८१ प्रतिशत रहेको थियो, जुन मार्च २०२५ देखि फेब्रुअरी २०२६ सम्म औसतमा ६२ प्रतिशत थियो।