नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबारको भेटवार्तापछि स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो । नेता खनालका अनुसार असार १० गतेका लागि बैठक बोलाइएको छ ।

खनालले स्थायी कमिटीमा अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीलगायतका विषयमाथि छलफल हुने जानकारी दिएका छन् । यसअघि स्थायी कमिटीको पाँचौं बैठक दुईपटक स्थगित भइसकेको छ । अध्यादेश प्रकरणपछि स्थायी कमिटीका २० जना सदस्यले वैशाख १० गते लिखितरूपमा बैठकको माग गरेका थिए । उनीहरूको मागलाई सम्बोधन गर्न वैशाख २५ गते बैठक बोलाइएको थियो ।

तर, वैशाख २४ गते अध्यक्ष केपी शर्मा ओलीले बैठक छाडेर हिँडेपछि स्थगित भएको थियो । त्यसपछि वैशाख ३१ गते पुनः तय भएको थियो । त्यतिबेला पनि कोरोनाको जोखिम बढेको भन्दै बैठक स्थगित गरिएको थियो ।
नेकपामा एमसीसी निकै पेचिलो बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेरा दरबारमा मेरो संलग्नता छ भने फाइल खोल भनेको थिएँ, तर हिम्मत गरेनन्ः प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा

गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति यादव

काभ्रे ।  पूर्वराष्ट्रपति डा रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि जीवन उपयोगी

प्रधानमन्त्रीको दाबीः हामीले कुरा गरेपछि भारत-पाकिस्तान युद्ध रोकियो

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीचको युद्ध