कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई


काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाएका छन् ।

शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका हुन् । उनी मंगलबार साँझ ७ बजे प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा सहभागी भएर शाह १० असोजमा स्वदेश फर्किने तालिका छ ।