काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ ।
आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ छन् ।
सो समितिलाई विचार मिल्ने देशभक्त गणतन्त्रवादी दल वा समूहसँग एकताका लागि पहल गर्ने जिम्मेवारी तोकिएको छ । अब देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्यले वार्ता समिति बनाएको नेकपाले जनाएको छ । समितिले व्यक्ति र संगठन दुवैसँग वार्ता र एकताका लागि कुराकानी गर्ने समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया