कोभिड–१९ अहिलेसम्मकै कठोर जनस्वास्थ्य सङ्कटः डब्ल्युएचओ



विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले कोभिड–१९ अहिलेसम्मकै सबैभन्दा कठोर जनस्वास्थ्य सङ्कटको रुप लिएको जनाएको छ । डब्ल्युएचओले कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म स्वास्थ्य सङ्गठनले घोषणा गरेको जनस्वास्थ्य सङ्कटमध्ये सबैभन्दा कठोर बन्न पुगेको टिप्पणी गरेको हो ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्ल्युएचओका महानिर्देशक डा. टेड्रस अदनोम गेब्रेससले कोभिड–१९ बाट विश्वका एक करोड ६० लाख व्यक्ति सङ्क्रमित भएका भन्दै यस्तो टिप्पणी गरेका हुन् । कोभिड–१९ बाट हालसम्म छ लाख ४० हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ को सङ्क्रमण हाल दोस्रो सबैभन्दा बढी जनसङ्ख्या रहेको भारतमा उच्च अवस्थामा पुग्दैछ । भारतमा दैनिक ५० हजार जनाभन्दा बढी व्यक्तिमा सङ्क्रमणको पुष्टि भइरहेको छ । अमेरिकामा दैनिक ६५ हजार सङ्क्रमित थपिँदैछन् ।
भारत, अमेरिका र ब्राजिलमा प्रत्येक दिन करिब एक एक हजार मृतक कोभिड–१९ को सङक्रमणबाट ज्यान गुमाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण

रुबियो र लाभरोभबीच मलेसियामा भेट हुने

क्वालालम्पुर । मस्कोले युक्रेनमा लगातार दुई दिनमा दोस्रो ठूलो आक्रमण गरेपछि अमेरिकी विदेशमन्त्री

इयु प्रमुख भोन डेर लेयनले अविश्वासको मतको सामना गर्दै

स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले बिहीबार अविश्वास