किन खुल्यो र किन बन्द भयो भरतपुर कोरोना विशेष अस्पताल ?



नारायण गाउँले ।

साँच्चिकै बिरामीहरू देखिन थालेपछि भरतपुरको कोरोना हस्पिटल बन्द भएछ । कोही बिरामी नपर्दै र भरतपुरमा सुविधासम्पन्न दर्जनौं हस्पिटल हुँदाहुँदै औद्योगिक प्रदर्शनीका लागि बनाइएका यी टनेलजस्ता बिल्डिंगलाई सजाएर ‘कोरोना हस्पिटल’ बनाएको थियो । अहिले साँच्चिकै बिरामी थपिन थालेपछि यसलाई बन्द गरिएछ ।

गत चैतमैं किड्नीका सिकिस्त बिरामीलाई यहाँ ल्याइएपछि आवश्यक उपचारको अभावमा उनको मृत्यु भएको थियो । यसमा देखाइएका खर्चविवरण पनि रोचक थिए । बैशाखसम्म मात्रै कार्यालय सञ्चालनका लागि भनेर १२ लाख, औषधि र मेशीनरी खरिदमा ५२ लाख, ३४ लाखको मास्क र पिपिई लगायतमा एक करोड़भन्दा बढ़ी खर्च भएको रहेछ । पछि त्यहाँका मास्क, स्वास्थ्यसामग्री र जुत्ताचप्पल त्यहाँका डाक्टर र कर्मचारीले रातिमा ‘व्यवस्थापन’ गरेको भिडियो पनि आएको थियो । इमरजेन्सी सेवाका लागि भनेर बनाइएको अस्पतालको तुल र उद्घाटनमैं ठूलो खर्च भएको थियो । बैशाख यता कति खर्च भयो भन्ने थाहा भएन ।

किन खुल्यो, त्यत्रो खरिद किन भयो, ती सामान कहाँ गए ? त्यहाँ जोड़िएका एसी र पङ्खा कसको घरमा पुगे अनि अहिले सबैभन्दा बढ़ी चाहिने बेला अस्पताल किन बन्द भयो भन्ने खबर भेट्नुभो भने शेयर गर्नुहोला है ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटबारे चेम्बरले दियो सरकारलाई १०१ सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू

शेरा दरबारमा मेरो संलग्नता छ भने फाइल खोल भनेको थिएँ, तर हिम्मत गरेनन्ः प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ

मौसम खराबीका कारण अबको तीन-चार दिन सगरमाथा आरोहण नहुने

काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल