तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका जिल्ला सचिव अनिल श्रेष्ठले घुमाउने पुल निर्माण प्रक्रियालाई अघि बढाउन सम्बन्धित निकायसँग छलफल तथा समन्वय गरेका छन्।
श्रेष्ठले सडक डिभिजन कार्यालय तनहुँका प्रमुख राजीव श्रेष्ठसँग पुल निर्माणको प्रक्रिया, आवश्यक समन्वय तथा आगामी कार्ययोजनाका विषयमा दिनभर विस्तृत छलफल गरेका हुन्।
छलफलमा पुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने र सम्बन्धित निकायबीच समन्वय तथा सहजीकरण गर्ने विषयमा सकारात्मक संवाद भएको जिल्ला सचिव श्रेष्ठले जानकारी दिए।
स्थानीय नागरिकको आवश्यकता र क्षेत्रको विकाससँग जोडिएका पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले घुमाउने पुल निर्माणलाई अघि बढाउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
विकास निर्माणका विषयमा सम्बन्धित सरकारी निकायसँग रचनात्मक संवाद, समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा श्रेष्ठले जोड दिएका छन्।
उनले पुल निर्माण प्रक्रिया अघि बढाउने विषयमा भएको छलफल तथा समन्वयका लागि सडक डिभिजन कार्यालय तनहुँका प्रमुख राजीव श्रेष्ठसहित सम्बन्धित सबैप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया