राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भयोः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आवश्यक परेमा पोजिसन क्लियर गर्न भनेका छन् । शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपति विरुद्ध षड्यन्त्र भइरहेको भन्दै पोजिसन क्लियर गर्न आग्रह गरेका हुन् । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको भन्दै प्रधानमन्त्री तपाईहरु कसको पक्षमा हुने ? पोजिसन क्लियर गर्न आग्रह गरे ।

छलफलका क्रममा प्रधानन्त्रीलाई केही मन्त्रीले पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने बताएका थिए । एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले आवश्यक परेमा निर्णय लिन तयार हुनु भनेका थिए । उनका अनुसार प्रधानमन्त्रीले बैठकमा भनेका थिए, ‘कसलाई के ईच्छा छ निर्णय गर्न समय छ । अहिलेसम्म केही भइसकेको त छैन । तर अवस्था ठीक पनि छैन ।’ त्यसअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले आफूलाई निरन्तर घेराबन्दी गरेपछि प्रधानमन्त्रीले केही दिनयता छलफल र बैठकलाई तीव्र बनाइरहेका छन् । उनले आफूनिकट पार्टीका नेता, जनवर्गीय संगठनका पदाधिकारीसहितसँग भेट गरी सरकारविरुद्ध लाग्ने विरुद्ध आन्दोलन गर्नसमेत निर्देशन दिएका छन् ।

स्थायी कमिटीका अधिकांश सदस्य ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउनुपर्ने पक्षमा छन् । यस्तो मार्चाबन्दी भएपछि ओली दल विभाजन सम्बन्धी अध्यादेश, संसद विघटन लगायतका विकल्पमा लागेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट अभद्र व्यवहारको कसुरका थुनुवा थुनुवा फरार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक थुनुवा फरार भएका छन् । प्रहरी

धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछः नवनियुक्त गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई

उर्जामन्त्रीको गुनासोः विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, अनि हामी कहाँ बत्ती गयो भन्छन्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था

धार्मिक पर्यटनमार्फत समृद्धिको सम्भावना

-शैलेन्द्रकुमार श्रेष्ठ नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र