कोभिड-१९ विरुद्धको खोप पत्ता लाग्दा गँगटो संकटमा पर्ने



कोभिड-१९ विरुद्ध खोप बन्यो भने त्यो सबैका लागि हर्षको विषय हुन्छ । तर ’होर्सशू क्र्याब’ भनिने एकखाले गँगटोका लागि भने दुःखद अवस्था सिर्जित हुन्छ । विश्वव्यापी वितरणका लागि खोप बन्ने स्थिति आउनु भनेको गँगटोजस्ता क्रस्टेशन वर्गका जीवको माग बजारमा बढ्नु हो । ’होर्सशू क्र्याब’ विश्वको पुरानो जीवमध्ये एउटा हो। यो डाइनसोरभन्दा पहिलेदेखि अस्तित्वमा रहेको र ४५ करोड वर्ष पुरानो मानिन्छ ।

खोप सुरक्षित छ कि छैन भनेर परीक्षण गर्न तिनको रगत प्रयोग गरिन्छ । अहिले विश्वभरि अनुसन्धानकर्ताहरूका झन्डै २०० वटा समूह खोप निर्माणको काममा जुटेका छन्। तीमध्ये १८ वटा खोपको मानव परीक्षण भइरहेको छ । अधिकांश विज्ञहरू सन् २०२१ को मध्यतिरबाट खोप प्रयोगका लागि उपलब्ध हुने अपेक्षामा छन् । गँगटोको मुटुको छेउमा प्वाल पारेर झन्डै ३० प्रतिशत रगत सङ्कलन गरिन्छ

रगतको प्रयोग
वैज्ञानिकहरूले सन् १९७० देखि नै ’होर्सशू क्र्याब’को रगत निकाल्दै आएका छन् । चिकित्सकीय उपकरण र औषधिमा जीवाणु छन् कि छैनन् भन्ने जाँच्न यसको प्रयोग हुन्छ । चिकित्सकीय उपकरणमा खतरनाक जीवाणु भए भने बिरामीको ज्यान जान सक्छ । तर ’होर्सशू क्र्याब’को रगत सूक्ष्मजीवले बनाउने विषप्रति निकै नै संवेदनशील हुन्छ । मानिसको शरीरभित्र जाने कुनै पनि कुराको उत्पादनका बेला त्यो दूषित छ कि छैन जाँच्नका लागि यो प्रयोग गरिन्छ । त्यस्ता कुरामा खोपदेखि लिएर रक्तनलीमार्फत् औषधि दिन प्रयोग हुने उपकरणदेखि शरीरभित्रै राखिने चीकित्सकीय उपकरण पनि पर्छन् ।

ठूलो व्यापार
एट्लान्टिक स्टेट्स मरीन फिशरिज कमिशनका अनुसार हरेक वर्ष करिब पाँच लाख ’होर्सशू क्र्याब’ जीवचिकित्सामा प्रयोग गर्नका लागि सङ्कलन गरिन्छ । उक्त सामुद्रिक गँगटोको रगत विश्वकै सबैभन्दा महँगो तरल पदार्थ हो । यसको एक लिटर रगत १५ हजार डलरसम्ममा विक्री हुन्छ।

रगत किन नीलो
यो जीवको रगतको रङ्ग नीलो हुन्छ। किनभने यसको रगतमा तामाको मात्रा हुन्छ । मान्छेको रगतमा फलामको मात्रा हुने भएकाले रातो हुन्छ । वैज्ञानिकहरूले यसको रङ्ग नीलो भएर मात्र यसमा चासो देखाएका भने होइनन् । यो जीवको रगतमा एउटा विशेष प्रकारको रसायन हुन्छ जसले ब्याक्टेरियावरिपरि जम्मा भएर तिनलाई जमाइइिन्छ । यो जीवको रगतको रङ नीलो किन हुन्छ भने यसको रगतमा तामाको मात्रा हुन्छ । एकदमै कम रगतको मात्राले पनि ब्याक्टेरिया खुट्याउन सक्छ ।
अमेरिकी र एशियाली प्रजातिबाट सङ्कलित रगत प्रयोग गरेर दुई भिन्न प्रकारका परीक्षण गरिन्छ।

कति मर्छन् ?
गँगटोको मुटुको छेउमा प्वाल पारेर करिब ३० प्रतिशत रगत सङ्कलन गरिन्छ । त्यसपछि उक्त जीवलाई फेरि आफ्नै संसारमा फर्काइन्छ। तर अध्ययनले यसरी रगत तानिएका तीनदेखि १० गँगटाहरू मर्छन् ।
बाँचेका पोथीहरूलाई पनि प्रजननमा समस्या हुन्छ ।

विकल्प के हुनसक्छ ?
विश्वमा यो जीवका केवल चार प्रजाति बाँकी छन् । यी प्रजाति पनि जीवचिकित्सामा प्रयोग गरिएकाले, माछाको आहारा बनेकाले र प्रदूषणका कारण खतरामा परेका छन् । वैज्ञानिकहरूका अनुसार विश्वभरि जनसङ्ख्या र आयु बढ्दा गँगटोको रगत प्रयोग गरेर हुने परीक्षण बढ्ने सम्भावना छ । संरक्षणको क्षेत्रमा सक्रिय अभियानकर्मीअरू कृत्रिम रसायन प्रयोग गरिने परीक्षणलाई प्रोत्साहन दिनुपर्ने बताउँछन् । तर औषधि उत्पादकहरू त्यस्ता परीक्षण परिणामजनक हुन्छन् भन्ने प्रमाणित हुनुपर्ने बताउँछन् । जुन महिनामा अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले विषालु कुरा पहिचान गर्न अर्को विकल्पलाई प्रमाणित गर्न नसक्ने निर्णय गरेको छ । अर्थात् अमेरिकामा धेरै औषधि र खोपहरू विक्री गर्न चाहने कम्पनीहरूले धेरैभन्दा धेरै उक्त जीवको रगतलाई परीक्षणका क्रममा प्रयोग गर्नुपर्ने हुन्छ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट अभद्र व्यवहारको कसुरका थुनुवा थुनुवा फरार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक थुनुवा फरार भएका छन् । प्रहरी

धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछः नवनियुक्त गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई

उर्जामन्त्रीको गुनासोः विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, अनि हामी कहाँ बत्ती गयो भन्छन्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था

धार्मिक पर्यटनमार्फत समृद्धिको सम्भावना

-शैलेन्द्रकुमार श्रेष्ठ नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र