कामबाट मोक्ष



डा. गोविन्दशरण उपाध्याय ।

ब्रह्माका मानसपुत्र सनक, सनन्दन, सनातन र सनत्कुमार तथा नारदवाहेक अन्य सम्पूर्ण ऋषिहरू विवाहित गृहस्थ छन् । धर्म र अर्थ पछि ‘काम’लाई पुरुषार्थको रूपमा वेदले स्वीकृति दिनुको अर्थ हो–वैदिक आचरणमा रहेर गृहस्थको पालन गर्नेहरूले मोक्ष सुनिश्चित गर्छन् । धर्म र अर्थमा मात्र रमाउनेहरूका लागि मोक्ष सजिलो छैन किनभने कामको खुड्किलो नहुँदा मोक्षरुपी अन्तिम खुड्किलो प्राप्त गर्न धेरैनै श्रम गर्नुपर्ने हुन्छ ।

तर यदि ‘काम’उपयोग केवल व्यक्तिगत शारीरिक सुखानुभूति विना मर्यादा उपयोग गरिन्छ भने श्रीकृष्णले गीतामा भनेझैं त्यसले नर्कको ढोका खोल्छ, स्वर्गको होइन । विवाह नामक संस्थाका माध्यमबाट प्रवेश गरेर नीति र आचरणपूर्वक उपयोग गरिने ‘काम’ले शारीरिक, मानसिक तथा आध्यात्मिक आनन्द सुनिश्चित गर्छ, मोक्ष सुनिश्चित गर्छ ।

स्मार्त, शाक्त, शैव र वैष्णव–यी वैदिक संस्कृतिका प्राचीन सम्प्रदाय हुन् भने साथै सौर्य र गाणपत्य पनि संगै थिए । आज सौर्य र गाणपत्य सम्प्रदायहरू उपरोक्त चारभित्र समाहित भएका छन् । स्मार्त, शाक्तहरूमा आज पनि विवाहित जीवनलाई महत्व दिने गरिन्छ भने शैव र वैष्णव सम्प्रदायमा अनेकौं उपसम्प्रदायहरू विकसित भएका छन् । वैष्णव तथा शैव दुवै सम्प्रदायहरूमा विवाहित दाम्पत्य जीवन र वावाजी (अविवाहित सन्यासी) दूवै परंपराहरू प्रचलित छन् । बालब्रह्मचरीको अवधारणा वेदमा केवल सनकादि ऋषिहरूका अर्थमा प्रयोग हुन्छ । यहाँ बुझ्नु पर्ने तत्थ्य के हो भने बालब्रह्मचारीको तपस्यालाई अस्वीकार गरिएको छैन तर असधयै गाह्रो हुनेहुँदा महत्व प्रदान गरिएको छैन ।

पछि उपसम्प्रदाय र मनोगत सम्प्रदायको बर्चश्व बढ्दै जाँदा ‘फलानो देवता’ सबैभन्दा ठूलो र ‘फलाना वावा’ सबैभन्दा ठूलो तपस्वी भन्ने लहड चल्यो । कतिपय नयाँ सम्प्रदायका ‘जोगी’ले ब्रह्मा, विष्णु शिवत्रिदेव, तथा शक्ति, शिव र वेदहरूले पनि ‘जान्न’ नसक्ने भन्दै मपाई बन्न थाल । त्यस्ता वावाहरूको बर्चश्व आज पनि देखिन्छ । आज तपस्या र साधनको मापन चेलाचेलीको सङ्ख्या, आश्रमहरूको सङ्ख्या, कारहरूको सङ्ख्या, मिडियाहरूमा उपस्थिति, बोल्नको चतुराईआदिका आधारमा गरिन्छ । साधना र तपस्याको भन्दा ‘वाहिरी प्रसिद्धि र सम्पन्नता’ महत्वपूर्ण हुन्छ । काशी, पशुपति, मुक्तिनाथ, देवघाट, खप्तडको लेख, गण्डकी, कोशी र कर्णालीको तीरमा अत्यन्त विरक्त भएर तपस्या गर्ने ‘मिडियालाई नचिन्ने’ साधुको अस्तित्व नै छैन । नेपाल गृहस्थ साधुसन्तहरूको देश हो जहाँ कुनै आडम्वर होइन साधना महत्वपूर्ण छ ।

वैदिक संस्कृतिको साधनालाई बुझ्दैजाँदा अनुभव गर्न सकिन्छ कि जव कसैले ऋषिकल्प जीवन स्वीकार गर्छ, त्यसपछि उसको अभिरुचि मोक्षप्रति हुन्छ । उसको कल्याणकारी चेतना एकान्त साधना, तपश्चर्या, ईश्वरको ध्यान तथा परमात्माको सानिध्यसंग बढी सरोकार राख्न थाल्छ । बालक ध्रुवले साधना गर्दा र साधनापछि सम्राट बन्दा पनि निरपेक्ष जीवन व्यतीत गरेका थिए । भीडप्रति कुनै अभिरुचि हुँदैन । साधक जगतबाट निरपेक्ष हुन्छ र जगतसंग सापेक्ष हुनेहरू जगतका साधक हुन्छन्, अध्यात्मको आवरणमात्र हुन्छ । राजा जनक र शुकदेवको कठीन बाटोमा हिड्नेहरू निकै न्यून हुन्छन् । दाम्पत्य जीवनमा रहेर साधना गर्नेहरू वशिष्ठ, भारद्वाज, अत्रिको महनीय पथका अनुयायी हुन्छन् । दाम्पत्य जीवनका कठोर आलोचकहरू जीवनभरि “काम“को भारी बोकेर वैराग्यको दम्भ गर्छन् । संसार चक्रका सरल साधन बन्छन् ।

जसले विनम्रतापूर्वक वैदिक आदेशअनुसार विवाह गरेर दाम्पत्य जीवन स्वीकार गर्छन् र विनम्र गृहस्थाका रुपमा परिवार र विश्वप्रतिको कर्तव्य पालन गर्दै ‘काम’ उपभोग गर्छन् निश्चयनै तिनले मोक्ष प्राप्त गर्छन् । तर जसले सन्यासी वा वैरागीको आवरण धारण गरेर पनि “काम“को चिन्ता गर्छन् मूलतः संसारको चक्र चल्न तिनैको विशेष योगदान हुन्छ । यदि कामलाई ‘धर्म र अर्थ’संग जोडेर उपयोग गरिन्छ भने यसले मोक्ष सुनिश्चित गर्छ तर यसैलाई यदि पुरुषलाई ‘लिंग’ र स्त्रीलाई ‘योनि’का रूपमा (बायोलोजिकल सब्जेक्ट’ मानेर केवल शारीरिक सुखका लागि भोग गरिन्छ भने नर्क खोज्न कहीं जानै पर्दैन । घरघर र मनमनमा नर्क भेट्न सकिन्छ ।

चिन्तनभरी ‘काम’को भारी बोकेर कसैले गेरुवा बस्त्र धारण गर्दै (बाबा बनेर) मर्छ भने पनि मोक्ष प्राप्त हुने कुनै सम्भावना नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा. गोविन्दराज पोखरेल । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ ।

इलाममा एमाले–माओवादीको आँधी चिरेर रास्वपाले जित्यो भने परम्परागत राजनीतिमा पक्कै पहिरो जानेछ

नारायण गाउँले । सुवास नेम्वाङका छोराले जित्छन् होला ! कांग्रेस र माओवादी मिल्दासमेत

‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने