सेफअली खानमाथि छुरा प्रहार गरेको आरोपमा मुम्बई प्रहरीद्वारा एकजना पक्राउ



काठमाडौं । बलिउड अभिनेता सेफअली खानमाथि छुरा प्रहार गरेको आरोपमा मुम्बई प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनलाई हिरामन्डी श्रम शिविरबाट पक्राउ गरेको हो । उनी बंगलादेशका नागरिक भएको प्रहरीले जनाएको छ । अञ्चल–९ का डिसीपी दीक्षित गेडामले पत्रकार सम्मेलनमा भने, ‘आरोपी बंगलादेशी भएको आशंका गरिएको छ र उनीसँग भारतीय कागजात छैन ।’

चोरीको नियतले घरभित्र पसेका आरोपी ३० वर्षीय मोहम्मद शरीफुल इस्लाम शाहजाद रहेको उनले बताए । उनलाई आज अदालतमा पेश गरी प्रहरी हिरासत मागेर थप अनुसन्धान गरिने डीसीपीले बताए ।

बिहीबार बिहानै बान्द्रासिथत घरमा सैफअलीमाथि छुरा प्रहार भएको थियो । यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भएको भिडन्तमा चार सैनिक र १५ विद्रोहीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र

भारतमा दुई छुट्टाछुट्टै दुर्घटनामा १४ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग

फिलिपिन्समा डेङ्गुको प्रकोप

मनिला । फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप

युक्रेन र रूसबीचको युद्ध शान्तिका साथ अन्त्य हुने स्कोल्जको दाबी

म्यूनिख । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र