इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का



जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात जना बेपत्ता भएको प्रहरीले बिहीबार जनाएको छ।

घटना राति करिब ९ः२० बजे ग्लोडोक प्लाजामा भएको हो । तामनसरी जिल्लाको जनघनत्व बढी भएको स्थानमा आगलागी भएको र आगलागीको समयमा धेरै आगन्तुक मलमा रहेको बताइएको छ ।

सहरको दमकल विभागले सपिङ मलमा लागेको आगो निभाउन ४० भन्दा बढी दमकल र २०० दमकल र अग्नि नियन्त्रकहरू खटाएको छ ।

आगलागीको मुख्य कारणबारे अनुसन्धान गर्न दमकल र प्रहरीको टोली घटनास्थलमा रहेको नगर प्रहरीका प्रवक्ता आदे आर्य श्याम इन्द्रादीले स्थानीय पत्रकारहरूसँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा भएको भिडन्तमा चार सैनिक र १५ विद्रोहीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र

भारतमा दुई छुट्टाछुट्टै दुर्घटनामा १४ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग

फिलिपिन्समा डेङ्गुको प्रकोप

मनिला । फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप

युक्रेन र रूसबीचको युद्ध शान्तिका साथ अन्त्य हुने स्कोल्जको दाबी

म्यूनिख । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र