सिरियामा दुई लाख ८० हजार भन्दाबढी मानिस विस्थापित



जेनेभा । सिरियाको उत्तरपश्चिम हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले भनेको छ, ‘हालैको हिंसामा केही दिनमै उत्तरपश्चिम सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घले सिरियामा सबैभन्दा कमजोरलाई सहयोग गर्न मानवीय प्रयासहरू बढाउँदैछ ।’

यसैबीच, हजारौं बासिन्दाहरू होम्स शहरबाट भागेका छन् । दमास्कसतर्फ विद्रोहीहरूको अग्रसरतामा त्रास फैलिएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले शुक्रबार हजारौं होम्सका बासिन्दाहरू पश्चिमी किनारतर्फ रातभरि भाग्न थालेका जनाएका छन् । यहाँ सिरियाली राष्ट्रपति बसर अल–असदले अझै पनि नियन्त्रण कायम राखेका छन् ।

बिहीबार उत्तरको हामा सहर कब्जा गरेपछि विद्रोहीहरूले होम्सको चौराहे शहरमा आफ्नो नजर राखेका छन्, जुन कब्जा गरेमा राष्ट्रपति बसर अल–असदको नियन्त्रणमा रहेको क्षेत्र विभाजित हुनेछ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार एक दशक भन्दा बढीको युद्धमा तीन लाख भन्दा बढी नागरिक मारिएका छन्, जबकि लाखौं क्षेत्रभरि विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने ट्रम्पको चेतावनी

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन

इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु, एकसय भन्दाबढी घाइते

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात

भारतमा केदारनाथ मन्दिर दर्शन गरेर फर्कदै गरेका यात्रु सवार हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ