काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनको भुइँ तलामा रहेको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ।
बिहान करिब साढे ८ बजे मुद्दा फाँटमा आगो लागेको देखिएपछि तत्काल नियन्त्रणमा लिइएको हो। आगलागी २० र २१ नम्बर मुद्दा फाँटमा भएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार आगलागीबाट तीन वटा कम्प्युटर जलेका छन्। उनका अनुसार कुनै पनि कागजातमा क्षति पुगेको छैन।
प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। आगलागीको विस्तृत कारणबारे भने थप अनुसन्धान हुन बाँकी छ। सर्वोच्च अदालतको भवनमा आगलागी भएको यो पछिल्लो घटना हो। यसअघि भदौ १७ गते राति सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो।

प्रतिक्रिया