विषाक्त मदिरा सेवनबाट टर्कीमा १७ जनाको मृत्यु



 

इस्तानबुल । टर्कीका मिडियाहरूले बिक्री गरिएको विषाक्त मदिरा सेवनले कम्तीमा १७ जनाको मृत्यु भएको र अन्य २२ जना अस्पतालमा उपचाररत रहेका बताएका छन् ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा आठ जनालाई हिरासतमा लिइएको छ ।

गत हप्ता अधिकारीहरूले ४१० लिटर इथानोल र मेथानोल, १६५ बोतल अवैध मदिरा र मदिरा उत्पादनका उपकरणहरू जफत गरेको घोषणा गरेका थिए ।

टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ । यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ ।

सन् २०२१ को अन्त्यमा विभिन्न क्षेत्रमा केही दिनको अन्तरालमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो । त्यसको एक वर्षअघि मदिरा विषाक्तताका कारण करिब ४० जनाको मृत्यु भएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले प्रायः मदिरा र सुर्तीजन्य सेवनको आलोचना गरेका छन् । उनीमाथि आधिकारिक रूपमा धर्मनिरपेक्ष राज्यमा समाजलाई इस्लामीकरण गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिम्बावेमा वर्षाका कारण २४ जनाको ज्यान गयो

हरारे । जिम्बाब्वेमा गत अक्टोबरदेखि वर्षाको कारण कूल २४ जनाको मृत्यु भएको छ

हुथी विद्रोहीद्वारा यमनका १५३ कैदी रिहा

यमन । यमनका हुथी विद्रोहीले शनिबार १५३ जना ‘द्वन्द्वसँग सम्बन्धित’ कैदीलाई रिहा गरेको

सुडानको डार्फर क्षेत्रको अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको मृत्यु, दर्जनौँ घाइते

डार्फर। सुडानको डार्फर क्षेत्रको अल–फशेरमा रहेको अन्तिम अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको

हमासले गाजामा बन्धक बनाएका चार इजरायली महिला सैनिक रिहाइको क्षण, तस्बिरमा

बीबीसी । हमासले शनिवार थप चारजना इजरायली बन्धकहरू छाडेको छ। गत आइतबार गाजामा