अमेरिकाले जलवायु परिवर्तनविरुद्धको अभियानलाई ‘निरन्तरता दिने’



बाकु । संयुक्त राष्ट्रसङ्घको कोप–२९ वार्तामा संयुक्त राज्य अमेरिकाका जलवायु दूत जोन पोडेस्टाले डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि अमेरिकाले जलवायु परिवर्तनविरुद्धको लडाईं जारी राख्ने बताएका छन् ।

ऐतिहासिक पेरिस सम्झौताबाट वासिङ्टनलाई फिर्ता गरेका आगामी राष्ट्रपति ट्रम्पको प्रतिबद्धता र जलवायु परिवर्तनबारे उनको नियमित प्रश्नका कारण बाकुमा हुने वार्तामा ट्रम्पको पुनरागमनले छायाँ पारेको छ ।

पोडेस्टाले आगामी प्रशासनले ‘यु–टर्न लिने प्रयास गर्ने’ स्वीकारे पनि उहाँले अमेरिकी शहर, राज्य र व्यक्तिगतरूपमा नागरिकले यस अभियानलाई निरन्तरता दिने बताए ।

“डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यलाई पछाडि धकेल्न सक्छ, तर संयुक्त राज्य अमेरिकामा जलवायु परिवर्तन नियन्त्रणका लागि प्रतिबद्धता, आकर्षण र विश्वास जारी रहनेछ,” उनले भने ।

“यो स्वच्छ, सुरक्षित पृथ्वीको लागि हाम्रो लडाईंको अन्त्य होइन । यो लडाईं कुनै चुनाव र देशको राजनीतिक चक्रभन्दा व्यापक छ र यसले निरन्तरता पाउनुपर्छ ।”

बाकु वार्ता विश्वव्यापी सहयोगका लागि आह्वान र जलवायु विपत्तिका बारेमा ताजा चेतावनीका साथ सोमबार सुरु भएको हो ।

संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले देशहरूलाई ‘विश्वव्यापी सहयोग गणनाको लागि कम छैन भनेर देखाउन’ आग्रह गर्दै वार्ताको थालनी गरेका थिए ।

उनले धनी देशहरूलाई ‘जलवायु वित्त दान हो भन्ने कुनै पनि विचार त्याग्न’ आग्रह गरे ।

न स्टिएलले भने, “एक महत्वाकाङ्क्षी नयाँ जलवायु वित्त लक्ष्य पूर्ण रूपमा सबै राष्ट्रको हितमा छ, जसमा सबैभन्दा ठूलो र धनी राष्ट्र पनि समावेश छ ।”

केही देशहरूले गत वर्षको कोप २८ सम्झौताको कार्यान्वयनलाई जलवायु वित्तको ढाँचाभित्र मात्र छलफल गर्न जोड दिएपछि तेल र ग्याँसको धनी अजरबैजानको राजधानी बाकुमा सुरू भएको वार्ता लगभग तुरुन्तै रोकिएको थियो ।

जलवायु परिवर्तनमामिलाबारे अनुसन्धान र दवाबका लागि काम गर्ने थिङ्क ट्याङक ई–थ्रीजीका वरिष्ठ सहयोगी एल्डन मेयरले भने, “जबसम्म एजेन्डाले समाधानका लागि आउँदैनन्, वार्ता र सहमतिले मात्र केही हुँदैन । समस्या समाधानका लागि सबैको तत्परता आवश्यक हुन्छ ।”

कोप–२९ का अध्यक्षले वार्ता टोलीलाई काम गर्न लगाउन नसक्ने उनको भनाइ रहेको छ । वार्ताकारहरूले विकासशील राष्ट्रहरूलाई जलवायु परिवर्तनको बढ्दो प्रभावका लागि तयारी गर्न र जीवाश्म ईन्धनबाट आफ्नो अर्थव्यवस्थालाई मुक्त गर्न मद्दत गर्न वार्षिक १०० अर्ब डलरको लक्ष्य बढाउनुपर्छ ।

विवादका केही प्रमुख बुँदाहरू प्रस्तावमा कति हुनेछ, कसले भुक्तानी गर्नेछ, र कसले कोषहरूमा पहुँच कायम गर्न सक्दछ भन्ने रहेका छन् ।

कोप–२९ का अध्यक्ष मुख्तार बाबायेवले यसको आवश्यकता बार्षिक ‘खर्बौंमा’ रहेको स्वीकारेको तर थप ‘यथार्थवादी लक्ष्य’ सयौँ अर्बमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानले मध्यम आकारका कम्पनीहरूमा महिला सहभागिता अनुपात वृद्धि गर्ने

टोकियो । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले एक सय भन्दा बढी कर्मचारीहरू

दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पास

बीबीसी । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पारित भएको छ

थाइल्याण्डको ताक प्रान्तमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु, ३९ घाइते

बैङ्कक । थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको

‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने

इस्लामावाद । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य