इजरायली हवाई आक्रमणमा लेबनानमा तीन जनाको मृत्यु, ३० घाइते



बेरुत । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आक्रमणमा दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए । यसले ठूलो आगो निम्त्यायो र नजिकैको अपार्टमेन्टहरूलाई ठूलो क्षति पुर्यायो ।

राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले एम्बुलेन्सहरूले घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पुर्याएको जनाएको छ ।
मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानको लागि तत्काल आह्वान गरे ।

सिभिल डिफेन्स अफ द इस्लामिक मेसेज स्काउट्सले भग्नावशेषबाट बाँचेका तीन जनाको उद्धार गरेको र अरूलाई खोज्ने प्रयास जारी रहेको बताएको छ । सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हवाई आक्रमणहरू सुरु गरेको छ ।

लेबनानमा इजरायली हवाई आक्रमणले सन् २०२३ अक्टोबर ८ देखि तीन हजार ११७ व्यक्तिको मृत्यु र १३ हजार ११८ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नोबेल समितिद्वारा इरानी मोहम्मदीको स्थायी रिहाइको माग

  ओस्लो । तेहरानले स्वास्थ्यका आधारमा तीन हप्ताका लागि रिहा गरेपछि नर्वेको नोबेल

विषाक्त मदिरा सेवनबाट टर्कीमा १७ जनाको मृत्यु

  इस्तानबुल । टर्कीका मिडियाहरूले बिक्री गरिएको विषाक्त मदिरा सेवनले कम्तीमा १७ जनाको

खडेरीले दुई करोड ६० लाख दक्षिणी अफ्रिकीलाई खाद्य असुरक्षामा 

  इस्तानबुल । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण्ी अफ्रिकामा ऐतिहासिक

हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक

कायरो । प्यालेस्टिनी अधिकारीहरूले हमास र फतह युद्धपछि गाजा क्षेत्रको व्यवस्थापन गर्न राजनीतिक