इरानमा आतङ्कवाद विरोधी अभियानमा चार बिद्रोहीको मृत्यु



तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आइआरजीसी) ले शुक्रबार दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा चार आतङ्कवादीलाई मारेका जनाएको छ ।

यो अपरेशन चलिरहेको आतङ्कवाद विरोधी अभ्यासको एक हिस्सा थियो, जसलाई ‘शहीदहरूको संरक्षण’ भनिन्छ । यो नोभेम्बर १ देखि आइआरजीसी को कुड्स बेसको परिचालन एकाइहरूद्वारा संयुक्त रूपमा गरिएको आधिकारिक समाचार एजेन्सी (आईआरएनए) प्रवक्ता अहमद शफेईले बताए ।

रस्क काउन्टीमा शुक्रबारको अपरेशनको क्रममा एक आइआरजीसी सदस्य शहीद भएको छ । “आतङ्कवादीहरूबाट एउटा गाडी र ठूलो मात्रामा हतियार र गोलाबारुद बरामद गरिएको थियो,” शाफेईले भने ।

प्रवक्ताले प्रान्तका सबै आतङ्कवादी र ठगहरूलाई समाप्त नगरेसम्म तथा सबै सुरक्षा उद्देश्यहरू प्राप्त नभएसम्म उक्त अभ्यास जारी रहने जोड दिए ।
शाफेईले अभ्यासको क्रममा कुल आठ आतङ्कवादी मारिएका र १४ अन्यलाई गिरफ्तार गरिएको बताए ।

पाकिस्तान र अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान र बलुचेस्तान प्रान्तमा विगतका वर्षहरूमा सर्वसाधारण र सुरक्षा बल दुवैमाथि धेरै आतङ्ककारीले आक्रमण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक

वेलिङ्गटन । न्युजिल्यान्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण सुरु गरेका छन्

कुवेतको विमानस्थलमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत । कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित

बङ्गलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि एडीबी र एमएसईएलबीच सम्झौता

मनिला । एसियाली विकास बैंक एडिबीले सोमबार बंगलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक

अमेरिकी राष्ट्रपति बाइडनले दिए आफ्ना छोरालाई क्षमादान

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा