समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले भने-विजयले हामीलाई अमेरिका फेरि महान बनाउन अनुमति दिनेछ



बीबीसी । डोनल्ड ट्रम्पले फ्लोरिडामा भेला भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न थालेका छन् । भाषण गर्न मञ्चमा जाँदा ट्रम्पसँग उनकी पत्नी मेलानिया र उनको निर्वाचन अभियानका कर्मचारीहरू पनि छन् ।

ट्रम्पले आफ्नो विजयलाई ‘भव्य’ भनेका छन् । उनले सीमासम्बन्धी विषय समाधान गर्ने घोषणा पनि गरेका छन् । उनले भने, ‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ ।’

फक्स न्यूजले रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प राष्ट्रपति निर्वाचित हुने प्रक्षेपण गरेपछि ट्रम्पको निर्वाचन अभियानको मुख्यालयमा कार्यकर्ता र समर्थकहरूको घुइँचो लागेको छ ।

केही राज्यबाट मतपरिणाम आउन बाँकी नै छ। तर मतगणनाको रुझान विजयका लागि आवश्यक २७० ’इलेक्टोरल कलेज मत’को नजिकै पुग्ने प्रक्षेपणपछि ट्रम्पले समर्थकहरूलाई फ्लोरिडामा सम्बोधन गर्न लागेका छन् ।

ह्यारिसले आज सम्बोधन नगर्ने बताएकी छन् । नोर्थ क्यारलाइना र जोर्जापछि अर्को महत्त्वपूर्ण ’स्विङ स्टेट’ पेन्सिल्भेनिआमा पनि ट्रम्प विजयी हुने प्रक्षेपण गरिएको छ । अहिलेसम्म ट्रम्पको पक्षमा २६५ इलेक्टोरल मत जाने देखिएको छ । अमेरिकाका विभिन्न भागमा डोनल्ड ट्रम्पका सदस्यहरूले खुसी मनाइरहेका तस्बिरहरू आएका छन् ।

आफूले समर्थन गरेको उम्मेदवारले प्रक्षेपणहरूमा राम्रो प्रदर्शन गरिरहेकोले उनीहरू हर्षित देखिएका छन् । कतिपयले मागा (मेक अमेरिका ग्रेट अगेन) भनिने ट्रम्पको निर्वाचन अभियानको नारा अङ्कित टोपी लगाएका छन् भने कतिपले अमेरिकी झण्डा ओढेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा पाँच वटा उपग्रह प्रक्षेपण

जिउक्वान । चीनले बिहीबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहहरूको

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते

खार्तुम । पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट

अडानी बन्दरगाह परियोजना जारी रहने श्रीलङ्काको भनाइ

कोलम्बो ।  श्रीलङ्कामा भारतीय अडानी समूहको बन्दरगाह परियोजना यसका संस्थापकविरुद्ध अमेरिकी आरोप र

‘पुष्पा २ः द रूल’ को विशेष प्रदर्शन भागदौडा एक महिलाको मृत्युपछि अल्लु अर्जुन पक्राउ

नयाँदिल्ली । भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष