थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का



बैंकक। थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरुले बसमा सवार २५ जनाको मृत्यु भएको आशंका व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताएका छन् ।

“प्रारम्भिक प्रतिवेदनअनुसार बसमा ३८ जना विद्यार्थी र ६ जना शिक्षकसहित ४४ जना रहेका थिए । हामीलाई जानकारी भएअनुसार तीन शिक्षक र १६ जना विद्यार्थी बाहिर निस्केका छन्”, उनले सञ्चारकर्मीलाई बताए ।

उथाइ थानी प्रान्तबाट विद्यार्थी बोकेर हिडेको बस उत्तरी बैंककको उपनगरको राजमार्गमा पङ्चर भएको र ठोक्किएको एक उद्धारकर्मीले जानकारी गराए । कम्प्रेस्ड ग्यासमा चलिरहेको बस ठोक्किदा इन्धन ट्याङ्की जलेर आगलागी हुन पुगेको उनले बताए ।

“मैले उथाइ थानीबाट विद्यार्थी बोकेको बसमा आगलागी भएको जानकारी प्राप्त गरे, म घाइते र मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु”, पेटोङटार्नले सामाजिक सञ्जाल एक्समार्फत बताए ।

आगो नियन्त्रणमा लिएको तर शव खोज्नुअघि बस चिसो हुन पर्खनुपरेको उद्धारकर्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु

  बेइजिङ । चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा नागरिकका

लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविराम गर्न राष्ट्रसंघलाई प्रस्तावका लागि आह्वान

  लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह

गाजामा पोलियो खोपको दोस्रो चरण ‘अझ जटिल’

  संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त गाजामा लाखौँ बालबालिकालाई पोलियो खोपको आवश्यक दोस्रो मात्रा दिन

जापानी परमाणु बमबाट बचेको समूह निहोन हिदान्क्योलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

ओस्लो ।  । नर्वेली नोबेल समितिले २०२४ को नोबेल शान्ति पुरस्कार जापानी संस्था