टर्की । टर्कीले एसिया र युरोपलाई जोड्न पुल निर्माण गरेर रेलमार्ग यातायातको लागि विश्वव्यापी हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको टर्कीका यातायात तथा पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले बताएका छन् ।
“हामी हाम्रो उच्च–गति र परम्परागत रेल प्रणालीलाई सन् २०५३ सम्म विस्तार गर्ने योजनाको साथ अगाडि बढिरहेका छौं”, उरालोग्लुले भने ।
हाल १४ हजार किलोमिटरमा फैलिएको उच्च–गति रेलवे नेटवर्कमा आठ हजार ५५४ किलोमिटर नयाँ रेलमार्ग थपिने उनले बताए ।
टर्कीले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पर्क सुधार गर्न रेलवे, बन्दरगाह, औद्योगिक केन्द्र र लजिस्टिक हबबीच एकीकरण गराउने लक्ष्य राखेको उरालोग्लुले जोड दिए ।
साथै, उनले माल ढुवानी र यात्रु यातायातला लागि रेल क्षेत्रको रणनीतिक महत्वबारे प्रकाश पारेका छन् ।
मन्त्रालयले रेललाई एयरपोट र बन्दरगाहहरूसँग जोडेको छ र हाम्रो लक्ष्य देशभर रेलको सुविधालाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया