युक्रेनी संसदले रिक्त विदेशमन्त्रीमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको सांसद ओलेक्सी होन्चारेन्कोले बताएका छन् ।
सिबिहाले उपस्थित ३१५ सांसदमध्ये २५८ को समर्थन प्राप्त गरेको होन्चारेन्कोले टेलिग्राममार्फत् जानकारी गराएका छन् ।
बुधबार राजीनामा दिएका दिमित्रा कुलेबालाई संसदले बर्खास्त गर्ने पक्षमा मतदान गरेको थियो ।
राष्ट्रपति कार्यालयको उपप्रमुखका रूपमा समेत काम गरेका ४९ वर्षीय सिबिहा अप्रिलदेखि कुलेबाले नेतृत्व गरेको विदेश मन्त्रालयमा उप–मन्त्री बनेका थिए ।
कुलेबाले बुधबार पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि उनको राजीनामा आएको थियो ।

प्रतिक्रिया