इङ्ग्लिस च्यानल पार गर्ने प्रयासमा एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको उद्धार कार्यमा प्रयोग भइरहेको फ्रान्सेली तटीय सहरका मेयरले बताएका छन् । दर्जनौँ आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका थिए ।
“दुर्भाग्यवश डुङ्गाको तल्लो भाग खुल्यो”, बोलोग्ने–सुर–मेरको माछा मार्ने बन्दरगाह नजिकैको ले पोर्टेलका मेयर ओलिभियर बार्बरिनले भने, “यहाँ पीडितहरूको उपचारका लागि प्राथमिक उपचार चौकी स्थापना गरिएको थियो, यो ठूलो नाटक हो ।”
दुर्घटनामा कम्तीमा १३ आप्रवासीको मृत्यु भएको एक सामुद्रिक उद्धार अधिकारीले बताए । उद्धारकर्मीहरूले ६१ आप्रवासीलाई पानीबाट उद्धार गरेका छन् । उत्तरी फ्रान्समा समुद्रको तापक्रम करिब २० डिग्री सेल्सियस अर्थात करिब ६८ फरेनहाइट थियो ।
इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष बेलायत जाने प्रयासमा कम्तीमा ३० आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन् ।
मङ्गलबार अद्यावधिक गरिएको बेलायती गृह मन्त्रालयको आँकडाअनुसार पछिल्लो सात दिनमा कम्तीमा दुई हजार एक सय नौ आप्रवासीले साना डुङ्गाहरूमार्फत इङ्ग्लिस च्यानल पार गर्न प्रयास गरेका छन् । आँकडामा च्यानलमा वा आगमनमा भेटिएका व्यक्तिहरू समावेश गरिएको हुन्छ ।
युरोपको तीव्र कडा शरण नियम, बढ्दो जेनोफोबिया (अन्य मुलकका मानिसलाई मन नपराउने) र आप्रवासीप्रति शत्रुतापूर्ण व्यवहारले आप्रवासीहरूलाई उत्तरतिर धकेलिरहेको छ ।

प्रतिक्रिया