बङ्गलादेशमा डेङ्गुबाट थप चार जनाको मृत्यु


बङ्गलादेशमा पछिल्लो २४ घन्टामा डेङ्गुबाट चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले बताएको छ । योसँगै डेङ्गुबाट यसवर्ष मृत्यु हुनेको सङख्या ८३ पुगेको छ ।

सन् २०२४ जनवरी जनवरी १ देखि कुल १२ हजार आठ सय ४१ डेङ्गु मामिलाहरू दर्ता भएको रिपोर्टमा उल्लेख छ ।

गत वर्ष डेङ्गुका कारण एक हजार सात सय पाँच जनाको ज्यान गएको थियो । डिजिएचएसले गत वर्ष तीन लाख २१ हजार एक सय ७९ डेङ्गु केसहरू रेकर्ड गरेको थियो ।

जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधि बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम हो । बङ्गलादेशलाई लामखुट्टेबाट हुने रोगको उच्च जोखिममा रहेको देश मानिन्छ ।