सैनिक सहचारीद्वारा बेलायतस्थित म्यानमारका राजदूतलाई दूतावास प्रवेशमा रोक



बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोक लगाइएको छ । फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुकीलगायतको रिहाइ माग गरेका राजदूत मिनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएका छन् ।

उनले यसलाई पनि सैनिक कूको निरन्तरता भनेका छन् । दूतावासका अरू कर्मचारीहरू भित्रै रहेका बेला आफूलाई घन्टौंसम्म पनि प्रवेश नदिइएको उनले बताए। सैनिक सहचारीले दूतावासलाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । बुधबार राजदूत मिनको समर्थनमा केही मानिसहरूले दूतावासअगाडि प्रदर्शनसमेत गरेका थिए ।

बेलायतको विदेश मन्त्रालयले म्यानमारी दूतावासमा भइरहेको घटनाबारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ । यसअघि संयुक्त राष्ट्रसंघका लागि म्यानमारमा राजदूतले पनि सेनाले गरेको कूको विरोध गरेका थिए ।

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको दाबी गर्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा कू मार्फत् सत्ता हत्याएको थियो । त्यसपछि प्रजातन्त्र पुनर्वहालीका लागि भएका प्रदर्शनमा सेनाले क्रुर दमन गरिरहेको छ । सैनिक दमनमा परी ६ सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा देशव्यापी लकडाउन नगर्न विज्ञको सुझाव

भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गएपनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले

बङ्लादेशमा कोरोना संक्रमणबाट एकैदिन ९६ जनाको मृत्यु

कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई कोरोना संक्रमण

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ । ट्वीट गर्दै

नाइल बाँधका बारेमा छलफल गर्न सुडानद्वारा इथियोपिया र इजिप्टलाई आमन्त्रण

सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीहरुलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल