ब्राजिलमा कोरोना संक्रमणका कारण एकै दिन १५ सयको मृत्यु



ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ ।
ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ ।

दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो । यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई अमेरिकाको चेतावनी

अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेनविरूद्ध कडा कदम

जोर्डनी राजा र राजकुमार हमजा एकै स्थानमा सार्वजनिक

जोर्डनका राजा अब्दुल्लाह र उनका सौतेनी भाइ राजकुमार हमजा आइतवार एकैस्थानमा बसेको दृष्यलाई

कोभिड खोप पूरा विश्वभरि कहिलेसम्म पुग्ला ?

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले खोपले महामारीको ज्वारभाटालाई मोड्न ठूलो आशा

सोमालियामा भएको विस्फोटमा पाँच जनाको मृत्यु, ६ घाइते

अफ्रिकी मुलुक सोमालियाको बाइडाओ शहरमा एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच