विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो



विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ५ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७६८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख २९ हजार ८ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ करोड ३० लाख ८४ हजार ८५२ पुगेको छ । हालसम्म विश्वमा ८ करोड ८७ लाख १ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

संक्रमितमध्ये २ करोड १८ लाख ७५ हजार ६१२ जना सक्रिय संक्रिमत रहेका छन् भने ९१ हजार ८६० जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख १८ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ भने २ करोड ८९ लाख ७४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड १० लाख ४६ हजार नाघेको छ भने १ लाख ५६ हजार ७४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार १०६जनामा संक्रमण पुष्टि भएको छ भने १४४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको