आफूलाई क्यान्सर भएको बलिउड अभिनेता सञ्जय दत्तद्वारा जानकारी



भारतीय चलचित्र उद्योग बलिउडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन् । भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले चाँडै क्यान्सरलाई परास्त गर्ने विश्वास व्यक्त गरेका छन् । उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताएका छन् । अहिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उनको कोभिड १९ परीक्षण गरिएको थियो। तर उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन । त्यसपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरियो ।

फोक्सोको क्यान्सर देखिएको अपुष्ट समाचारअनुसार आएकै बेला उनले औषधोपचारका लागि कामबाट छोटो बिदा लिने बताएका थिए । सञ्जय दत्तले सन् २००९ मा समाजवादी पार्टीका लागि निर्वाचन प्रचारप्रसार गरेका थिए ।

सञ्जय दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रशंसकहरूलाई उनको अवस्थाबारे चिन्ता वा अनावश्यक अनुमान नगर्न आग्रह गरेका छन् ।

आफ्ना केशविन्यासकार आलिम हकिमको सलोनमा खिचिएको भिडियोमा दत्तले देब्रे आँखीभौँदेखि टाउकोको छेउसम्म बनेको एउटा दाग देखाएका छन् । दत्तले नयाँ चलचित्रको छायाङ्कनमा जान पाउने भएकोमा प्रसन्नता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका। बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु

इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

जकार्ता  । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद

कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की

पाकिस्तानसँगको युद्धविरामपछि भारतका सबै विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहान्तको