चीनमा सवारी साधनको बिक्री बढ्यो



कोरोनाभाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ । यसै वर्षको गत सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको बिक्रीमा उल्लेख्य सुधार आएको छ ।

चिनियाँ अटोमोबाइल उत्पादक संघका अनुसार गत अगष्ट महिनाको तुलनामा सेप्टेम्बर महिनामा १७.४ प्रतिशतले वृद्धि भएको छ अर्थात अघिल्लो वर्षको भन्दा झण्डै २६ लाख सवारी साधन बढी बिक्री भएका छन् । अगष्टमा ११.६ प्रतिशतले सवारी साधनको बिक्री बढेको थियो । यस वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले सवारी साधनको बिक्री घटेको थियो ।

चीनमा कोरोनाभाइरसका कारण कलकारखाना बन्द गर्नुअघि नै सवारी साधनको बिक्रीमा गत वर्षदेखि नै कमी आउन थालेको थियो । चीनका खस्किदो आर्थिक वृद्धि र अमेरिकासँगको व्यापार युद्धले पनि यस क्षेत्रमा असर परेको चिनियाँ विश्लेषकहरुले बताएका छन् ।

गत वर्ष पनि सवारी साधनको बिक्रीमा ९.६ प्रतिशतले कमी आएको थियो । सवारी साधनको बिक्री घटेको यो लगातार दोस्रो वर्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि

ब्रसेल्स । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल

‘विनफास्ट’को विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

हनोई । भियतनामको विद्युतीय गाडी निर्माता ’विनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको

ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई सन्देशः ‘अब शान्ति सम्झौता गरौं’

युक्रेन । कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी

इजरायली आक्रमणमा गाजामा २९ जनाको मृत्यु

गाजा। गाजा पट्टीमा बिहीबार भएका इजरायली  हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको