काठमाडौँ । नेपाली बजारमा मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ बढेको हो । मूल्य बढेसँगै सुन प्रतितोला दुई लाख ४७ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार एक सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया