पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख १३ हजार भन्दा बढीमा कोरोना संक्रमण



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ८३ लाख ५२ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार २ सय भन्दाबढी संक्रमित थपिएका छन् भने ५ हजार बढीको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ । योसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ९० हजार २२५ पुगेको छ ।

हालसम्म २ करोड ८८ लाख ४५ हजार ५ सय ४४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ९ सय भन्दाबढी संक्रमण मुक्त भएका हुन् । संक्रमितमध्ये ८४ लाख १६ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६९ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ८० लाख ९० हजार २ सय ५३ पुगेको छ । कोरोनाका कारण २ लाख २० हजार ८ सय ७३ जनाको मृत्यु भएको छ भने ५२ लाख २६ हजार भन्दाबढी मानिस निको भएका छन् ।

यस्तै, भारतमा एकैदिन ६३ हजार ५ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १० हजार ६१७ पुगेको छ भने ६१ लाख ५८ हजार ७ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ५१ लाख १४ हजार ८ सय २३ मानिस संक्रमित भएका छन् भने १ लाख ५१ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४५ लाख २६ हजार ९ सय भन्दाबढी निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेतन्याहूविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पुनः सुरु

गाजा पट्टीमा हमासविरुद्ध जारी युद्धका बावजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि

गाजामा मानवीय पीडा ‘असहनीय’ भएको आईसीआरसी प्रमुखको भनाइ

प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तरराष्ट्रिय रेडक्रस समितिका अध्यक्ष सोमबार

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको छ

गाजामा १५ हजार प्यालेस्टिनीको मृत्यु

  गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५