भारतमा संक्रमण नदेखिएका क्षेत्रमा लकडाउन खुकुलो पारिने



भारत सरकारले लकडाउनको अवधि एक महिना थप गरेको छ । भारतको गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको हो । लकडाउन थप गरेपनि संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ । भारतमा चौथो चरणको लकडाउन मे ३१ (आइतबार) समाप्त हुँदैछ । लकडाउनको अवधि लम्ब्याइए पनि संक्रमणको अवस्था हेरेर छुट दिइएको छ ।

संक्रमण भेटिएको क्षेत्र बाहिरका क्षेत्रमा चरणबद्ध रुपमा सबै चिज सुचारु गरिने बताइएको छ । पहिलो चरणमा जुन ८ देखि सबै धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन र सपिङ सेन्टर तथा मलहरु खोलिने छ । त्यस्तै दोस्रो चरणमा विद्यालय, कलेजलगायतका शिक्षण संस्थाहरु राज्य सरकारहरुसँगको परामर्शमा खोलिने बताइएको छ ।

त्यस्तै एउटा राज्यबाट अर्को राज्यको यात्रामा लागेको प्रतिबन्ध पनि हटाइएको छ । अन्तर्राष्ट्रिय हवाई उडान, मेट्रो रेल सञ्चालन, सिनेमा घर, जिम, स्विमिङ पुल, थियटरलगायतका क्षेत्र सुचारु गर्ने बारेमा भने तेस्रो चरणमा निर्णय हुन सक्ने बताइएको छ । भारतमा हालसम्म एक लाख ७४ हजार ४ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाबाट शनिबार साँझसम्म भारतमा ४ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रमण पुष्टि भएकामध्ये करिब ८३ हजार निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानमा शासन परिवर्तन अकल्पनीयः रुस

मस्को। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै पनि छलफललाई पूर्ण

इयुद्वारा प्रमुख राज्य चिकित्सा उपकरण सम्झौताबाट चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध

ब्रसेल्स । बेइजिङले आफ्नो बजारमा पहुँचमा राखेका सीमाहरूको जवाफमा युरोपेली संघ (इयु) ले

अमेरिकी अपील अदालतद्वारा ट्रम्पलाई एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति प्रदान

सान फ्रान्सिस्को (अमेरिका)। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील अदालतले बिहीबार

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

जेरुसेलम । दुई शत्रुबीचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौँ लक्ष्यमा