ब्रिटिश प्रधानमन्त्रीले इरानको परमाणु प्रवद्र्धनका सम्बन्धमा अमेरिकी राष्ट्रपतिको समर्थन गर्ने



ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इरानको परमाणु गतिविधि सम्बन्धी हालको सम्झौतालाई प्रतिस्थापन गर्न अमेरिका र अन्य मित्र राष्ट्रहरूसँग मिलेर अगाडि बढ्न आफू इच्छुक रहेको बताएका छन्।

उनले अमेरिकाले समर्थन फिर्ता लिएको अहिलेको सम्झौतालाई यूकेले समर्थन गरिरहने बताउँदै भने, “यसलाई प्रतिस्थापन गरौँ र यसलाई ट्रम्पको सम्झौताले प्रतिस्थापन गरौँ।”

जोनसनले युरोपेली संघसँग यो वर्ष व्यापार सम्झौता हुने सम्भावना उच्च रहेको बताएका छन्। यूकेको निर्वाचन पछिको पहिलो लामो टीभी अन्तर्वार्तामा बीबीसी ब्रेकफास्टका डान वाकरसँग जोनसनले ईयूबाट ज्यानुअरी ३१ मा बाहिरिएपछि यूके र ईयूबीच ‘गजब’को नयाँ सहकार्य हुने बताएका छन्।

सन् २०१८ मा अमेरिकाले इरानका बिषयमा सन् २०१५ मा हस्ताक्षरित ‘ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन’ बाट हात झिकेको थियो।

सो सम्झौतामा इरानले परमाणु प्रवर्धनको कार्य कम गर्ने, अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई निरीक्षण गर्न दिने र त्यसको बदला पश्चिमा देशहरूले इरानमाथिको व्यापारिक प्रतिबन्ध घटाउने कुरा थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई सबैभन्दा खराब सम्झौता भनेपनि यूकेसहित चीन, फ्रान्स, रुस र जर्मनीले सहमतिको पालना गरेका छन्। बीबीसीसँग जोनसनले यूकेको अडान नयाँ सम्झौता नभएसम्म कायम रहने बताए

“अमेरिकी मित्रहरूलाई मेरो तर्क हामीले कसैगरी इरानलाई परमाणु अस्त्र दिनु हुन्न भन्ने हो। हामीलाई यसलाई प्रतिस्थापन गर्ने सम्झौता चाहिन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा एर्दोगानलाई बाइडेनको बधाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा

च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर