हेलिकप्टर आकस्मिक अवतरणका क्रममा ताइवानका प्रधानसेनापति बेपत्ता



ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधानसेनापति बेपत्ता भएका छन् । ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधानसेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण भएको थियो ।

सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए । हेलिकप्टरको आकस्मिक अवतरणपछि उद्धार कार्य थालिएको थियो ।

हेलिकप्टरमा सवार केहीलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङसहित तीन जना फेला परेका छैनन् । हेलिकप्टर किन आकस्मिक अवतरण गरेको हो भन्ने कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी

करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय

काजाकिस्तानले तेल अविवमा धार्मिक सम्मेलन आयोजना गर्ने

काजाकिस्तानले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ