काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाउन सफल भयो ।
काठमाडौंविरुद्ध शतक प्रहार गरेका कमिल मिश्राले ४ रन मात्र बनाए। टस जितेर पहिले ब्याटिङ गरेको चितवनका लागि डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय अविजित इनिङ्स खेले ।

प्रतिक्रिया