लर्ड्समा नेपालको ऐतिहासिक खेल, इंग्ल्यान्ड भ्रमणमा ६ म्याच खेल्ने


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ जुनमा इंग्ल्यान्ड भ्रमण गर्ने भएको छ । भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग गरी ६ वटा खेल खेल्नेछ ।

नेपाल क्रिकेटले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार नेपालले जुन १ मा वम्स्र्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ ।
त्यसैगरी, जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० खेल हुनेछ । उक्त खेल पुरुष टोलीको भाइटालिटी ब्लास्ट प्रतियोगितासँगै (डबल हेडर) आयोजना हुनेछ ।

नेपालले जुन ६ मा वम्स्र्लीमै आयरल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यसपछि जुन ९ मा वम्स्र्लीमा आयरल्यान्डसँग टी–२० खेल हुनेछ ।
भ्रमणको अन्तिम दुई खेल जुन ११ र १२ मा बेकनहममा आयरल्यान्डसँग हुनेछन् । दुवै खेल टी–२० प्रारूपका हुनेछन् ।

यस भ्रमणमा नेपालले इंग्ल्यान्डका तीन फरक मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाउनेछ । विशेषगरी क्रिकेटको ऐतिहासिक मैदान लड्र्समा बंगलादेशसँग हुने टी–२० खेल नेपाली क्रिकेटका लागि महत्वपूर्ण आकर्षण हुनेछ ।