पहिलो वडाध्यक्ष कप अल नेपाल चेसका चार विधामा चार खेलाडी विजेता


काठमाडौं । क्षितिज भण्डारी, सिन्दिरा जोशी, राजीव कार्की र पदमकृष्ण श्रेष्ठ पहिलो वडाध्यक्ष कप अल नेपाल फिडे र्यापिड रेटिङ चेस प्रतियोगिताका विभिन्न विधामा विजेता बनेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर २८ को आयोजना तथा थापाथली पार्क चेस क्लबको सहआयोजनामा बागबजारस्थित सहिद शुक्र माध्यमिक विद्यालयमा सम्पन्न दुईदिने प्रतियोगितामा उनीहरूले आ–आफ्नो विधामा पहिलो स्थान हासिल गरेका हुन्।

भण्डारी १९०० भन्दा माथिको रेटिङ समूह (क्याटागोरी ए) मा विजेता बने। त्यस्तै, सिन्दिरा जोशी महिला खुलातर्फ, राजीव कार्की १७०० देखि १८९९ रेटिङ समूह (क्याटागोरी सी) मा तथा पदमकृष्ण श्रेष्ठ १७०० मुनि र अनरेटेड समूह (क्याटागोरी डी) मा विजेता बने।

प्रतियोगिताको क्याटागोरी एमा सुशील चौधरी दोस्रो र कमल श्रेष्ठ तेस्रो भए। महिला खुलातर्फ राधिका पौडेल दोस्रो र कुसुम घिसिङ तेस्रो स्थानमा रहे।

त्यसैगरी, क्याटागोरी सीमा महेन्द्रकुमार साम्बाहाम्फे दोस्रो र सन्देश श्रेष्ठ तेस्रो भए भने क्याटागोरी डीमा विनय थापा दोस्रो र सुदिन नेपाल तेस्रो स्थान हासिल गर्न सफल भए।

प्रतियोगितामा खेलाडीहरूको उत्साहजनक सहभागिता र चेसप्रतिको बढ्दो चासोले आफूलाई थप प्रतियोगिता आयोजना गर्न प्रेरित गरेको आयोजक वडा नम्बर २८ का वडाध्यक्षले बताएका छन्।

वडाध्यक्ष खड्गीले खेलाडीहरूको सहभागिता र खेलप्रतिको आकर्षणलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा पनि चेस च्याम्पियनसिप आयोजना गर्न उत्साहित भएको बताए।