भोजपुर । भोजपुर जिल्ला सदरमुकाममा जारी सातौँँ संस्करणको मेयरकप महिला फुटबल प्रतियोगिताको उपाधि झापाको कनकाई नगरपालिकाले जितेको छ ।
भोजपुर नगरपालिका–१० लाई २–१ गोलले हराउँदै कनकाईले उपाधि हासिल गरेको हो । कनकाईका लागि मनिता तुमरुक र वर्षा मगरले एक–एक गोल गरेका हुन् । उपविजेता बनेको भोजपुरले एक गोलमा चित्त बुझायो । भोजपुरका लागि साहरा लिम्बूले एक गोल गरिन् ।
प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद एक लाख पाँच हजार ५५५ र ५१ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विधागततर्फ पनि खेलाडीलाई पुरस्कार वितरण गरिएको आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जनाएका छन् ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको पाँच लाख प्रायोजनमा यही चैत २० गतेदेखि सुरु भएको प्रतियोगितामा धनकुटा नगरपालिका, भोजपुरको भोजपुरा–१० भैसीपङ्खा, खाँदबारी नगरपालिका र टेम्केमैयुङ गाउँपालिका, कनकाई नगरपालिका (झापा) र मोर्डन इरा विराटनगरको सहभागिता थियो ।

प्रतिक्रिया