‘गौरीको स्थानमा ज्वाला र आशिकालाई पनि मन्त्री बनाउन सकिन्थ्यो’, तर खै ?’


काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले एक महिलालाई मन्त्री पदबाट हटाएर सोही पदमा पुरुषलाई नियुक्त गरिएको भन्दै कटाक्ष गरेकी छन् ।

सामाजिक संजालमर्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा महिला सांसद हुँदाहुँदै पनि पुरुषलाई मन्त्री बनाइएको भन्दै प्रश्न उठाएकी हुन् ।

झाँक्रीले भनेकी छन्, ‘एकजना महिलालाई मन्त्री पदबाट हटाएर, त्यही पदमा फेरि पुरुष मन्त्री? भो, यो त भएन।’
उनले रास्वपामा महिला सांसदहरू पनि रहेको स्मरण गराउँदै ज्वाला संग्रौला र आशिका तामाङलगायतलाई मन्त्री बनाउन सकिने बताएकी छन् ।

‘रास्वपामा सांसद महिला साथीहरू हुनुहुन्न र ? ज्वाला जी, आशिका जीहरू पनि त हुनुहुन्छ,’ उनले लेखेकी छन् । उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि दीपककुमार साहलाई मन्त्री बनाइएको छ ।