१५औँ महाधिवेशनका लागि कांग्रेसले तोक्यो प्रदेश निर्वाचन संयोजक


काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजक तोकेको छ । बिहीबार केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले महाधिवेशन प्रक्रियालाई सहज बनाउनको लागि सबै प्रदेशमा वरिष्ठ अधिवक्ताहरूलाई पठाएको जानकारी दिएका छन् ।

कांग्रेसले कोशीमा डिल्लीबहादुर कार्की, मधेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई संयोजक तोकेको छ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँग समन्वयमा अधिवेशन गर्न कांग्रेसको निर्देशन छ ।