पोखरा एभेन्जर्सले जनकपुरलाई दियो १३९ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो ।

पोखराका लागि दीनेश खरेल र आन्द्रेस गोउस ओपनिङका लागि आएका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरे । पाँचौं ओभरको अन्तिम बलमा टिमको स्कोर ३२ रन हुँदा आन्द्रेस १६ बलमा २० रन बनाएर पभेलियन फर्किए ।

उनलाई ललित राजवंशीको बलिङमा आशिफ शेखले क्याच गरेका थिए । स्कोरबोर्डमा २ रन थपिएका बेला दिनेश खरेल पनि पभेलियन फर्किए ।

जेम्स निसमको बलमा तुल थापाबाट क्याच आउट भए । दिनेशले १७ बलमा १० रन बनाए । पहिलो विकेट पतन भएपछि क्रिजमा आएका कप्तान कुशल भुर्तेल आज पनि धेरै बेर टिकेनन् ।

उनले ६ बलमा ६ रन बनाएर आउट भए । अन्तिम ओभरमा लगातार तीन बल डट खेलेपछि चौथो बलमा माइकल लिस्क क्याच आउट भए । उनले १३ बलमा २५ रन बनाउँदा ३ छक्का प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ । यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको

मधेशलाई टिबी शाह स्मृति यु–१६ क्रिकेटको उपाधि

कर्णाली । टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले हात