पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतविरुद्ध नेपालको जित



काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । मंगलबार यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा भएको खेलमा क्याप्टेन पूजा महतोले दुबै ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जित सुनिश्चित गरिन् ।

उनले कुवेतविरुद्ध शतक प्रहार गरिन् । पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन् । २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो ।

कुवेतका लागि जिफा जिलानीले ३६ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा २१३ रन बनाएको थियो ।

नेपालका लागि पूजाले शतक प्रहार गरिन् । पूजाले ६९ बलमा अविजित १३० रन बनाइन् । उनले ५७ बलमा १२ चौका प्रहार गर्दै शतक पूरा गरिन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो ।

नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो । प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । यु १९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलमा सुदूरपश्चिम रोयल्सले दियो काठमाडौँलाई १६८ रनको लक्ष्य

  काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ

चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली

पोखरालाई सात विकेटले पराजित गर्दै एनपीएलमा जनकपुरको लगातार तेस्रो जित

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित

उपनिर्वाचनको नतिजाले ८४ को निर्वाचनको आधार तयार गरेको माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणमा कार्यकक्ष खोलेको