संविधान सभाध्यक्ष नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने



कास्की । संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आयोजनामा आगामी भदौ २७ देखि ३१ गतेसम्म पृथ्वीनारायण क्याम्पसको भलिबल कोर्टमा प्रथम प्रदेशस्तरीय पुरुष खुला भलिबल प्रतियोगिता हुन लागेको हो ।

स्व नेम्वाङको प्रथम वार्षिकी पारेर प्रतियोगिता गर्न लागिएको अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए । संविधानसभा अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष नेम्वाङको गत वर्ष हृदयाघातबाट निधन भएको थियो ।

अध्यक्ष श्रेष्ठकानुसार प्रतियोगितामा सहभागी हुने टोली अनेरास्ववियुकै हुनुपर्नेछ । टोलीमा गण्डकी प्रदेशका राष्ट्रिय खेलाडी समावेश गर्न पाइने उनले बताए ।

प्रतियोगिताको विजेता टोलीलाई एक लाख ११ हजार एक सय ११ र उपविजेतालाई ७१ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक विक्रम क्षेत्रीले जानकारी दिए ।

उनले टोलीमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्नेबाहेक अन्य क्षेत्रका राष्ट्रिय खेलाडी समावेश गर्न नपाइने जानकारी दिए । “अनेरास्ववियुका जिल्ला, पालिका, क्याम्पस कमिटीले गण्डकी प्रदेशकै राष्ट्रिय खेलाडी राखेर टोली बनाउन सक्नेछन् । राष्ट्रिय खेलाडी भए पनि गण्डकी प्रदेशकै हुनुपर्छ । बाहिरको खेलाडी टोलीमा मिसाएर खेलाउन पाइँदैन”, क्षेत्रीले भने ।

प्रतियोगितामा भाग लिन सात हजार पाँच सय दर्ता शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौँ  । वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा

काभा भलिबलमा नेपाल विजयी

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ

विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै

काठमाडौं ।  मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने

साफ महिला च्याम्पियनशिप फुटलबको तयारी पूरा

काठमाडौँ ।  नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल