मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य



काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी लक्ष्य दिएको छ । बुधबार चीनको हान्झाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा १ सय ३७ रनमा र दीपेन्द्रसिंह ऐरी १० बलमा ५२ रनमा अविजित रहे ।

यो टि–२० इतिहासकै उच्च योगफल हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए ।

योसँगै कुशल टि–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए ।

यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी समेत हो । दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरे । दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ

एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट

नेपाल सुपर लिगमा काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं । काठमाडौं रेजर्स काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएलमा बराबरीमा रोकिएको छ

सातौं दक्षिण एसियाली करातेमा नेपाललाई २९ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन